नियम ६क
अध्यापन अनुमति पत्र सम्बन्धी व्यवस्था
(१) आयोगले अध्यापन अनुमतिपत्र दिने प्रयोजनको लागि लिखित परीक्षा सञ्चालन गर्नु पर्नेछ । त्यस्तो परीक्षा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका शिक्षकको लागि छुट्टा छुट्टै सञ्चालन गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम आयोगले लिखित परीक्षाको लागि दरखास्त बुझाउनु पर्ने समयावधि, दरखास्त दस्तुर, दरखास्त बुझाउने स्थान, परीक्षा सञ्चालन हुने मिति, समय र केन्द्र समेत उल्लेख गरी सार्वजनिक रुपमा सूचना प्रकाशन गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिमको परीक्षामा सम्मिलित हुन चाहने व्यक्तिले सो सूचनामा तोकिएको स्थानमा दरखास्त बुझाउनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम परेको दरखास्त छानवीन गर्दा रित पुगेको देखिएमा आयोगले दरखास्तवालालाई परीक्षामा सम्मिलित हुनको लागि प्रवेशपत्र दिनु पर्नेछ ।
(५) उपनियम (१) बमोजिम सञ्चालन हुने लिखित परीक्षाको पूर्णाङ्क एक सय र उत्तीर्णाङ्क पचास हुनेछ ।
(६) उपनियम (१) बमोजिम संचालित परीक्षामा सफल हुने व्यक्तिलाई आयोगले अनुसूची–२ बमोजिमको ढाँचामा स्थायी अध्यापन अनुमति पत्र दिनेछ ।
(७) उपनियम (१) बमोजिमको परीक्षा सम्बन्धी अन्य व्यवस्था आयोगले तोके बमोजिम हुनेछ ।
(८) आयोगले जिल्ला शिक्षा कार्यालयबाट शिक्षकहरूको विवरण माग गरी विद्यालयमा कार्यरत शिक्षकलाई अनुसूची–२ बमोजिमको ढाँचामा अस्थायी अध्यापन अनुमति पत्र दिनु पर्नेछ ।